२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते, अन्यको खोजी जारी



काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई उद्धार गरिएको छ । अन्य यात्रुको खोजी भइरहेको उनले बताए ।

‘दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना हुनुहुन्छ । अरूको खोजी गर्दैछौँ । भीरमा भएकोले खोजीमा पनि समस्या भएको छ,’ उनले भने ।

मकवानपुर प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढी नजिक माइक्रोबस दुर्घटनामा परेको हो । माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरिरहेको छ ।

दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु सवार थिए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ८ : १० बजे

मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते, अन्यको खोजी जारी

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना

नक्कली भुटानी शरणार्थी प्रकरण : बिहानै रिहा भए टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका

‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

टर्किए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

दमौली । पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले