काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन् । कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै कारागारमा संशोधित कैदीपुर्जी पठाएको थियो । सोही पुर्जीका आधारमा उनलाई रिहा गरिएको कारागार स्रोतले जनाएको छ ।
रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।

















प्रतिक्रिया