१० श्रावण २०८३, आइतबार | July 26, 2026

कुलमान घिसिङको आग्रह : महामारीको बेला पुनर्नियुक्तीको माग गर्दै सडकमा प्रदर्शन नगरिदिनुस्



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन ।

हरेकदिन घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको माग राख्दै सडकमा प्रदर्शन हुन थालेपछि उनले बिज्ञप्ति प्रकाशित गर्दै समर्थकहरुलाई सडकमा भिडभाड हुने गरि कुनै प्रदर्शन नगरिदिन आग्रह गरेका हुन् ।

घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले आज शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ’, उनले विज्ञप्तिमा भनेका छन् ।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, कुलमानले जारी विज्ञप्तिमा भनेका छन ।

जनस्तरबाट र सामाजिक सञ्जालको माध्यमबाट कुलमानको पुनर्नियुक्तिको माग राख्दै दवाब बढ्दै गएको छ । उर्जा मन्त्री वर्षमान पुनले मन्त्रिपरिषदको बैठकमा घिसिङको नियुक्तिको प्रस्ताव लगेपनि प्रधानमन्त्रीले बैठकमा प्रस्ताव नै आउन नदिएको बताईएको छ ।

शुक्रबार मात्र सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पुनर्नियुक्तिको ब्यवस्था कानुनमा नरहेको टिप्पणी गर्दै घिसिङको सकारात्मक काम प्रति सरकार सकारात्मक रहेको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : ३९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले