२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएपछि शनिबार (आज) घर फर्किएका छन् ।

चाबहिलस्थित ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालालाई अस्पतालले आज डिस्चार्ज गरको हो ।

मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । अबको केही दिन उनी होम आइसोलेसनमा बस्ने छन् ।

उनले ट्वीटमा भनेका छन्, “मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा।विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु,” । “मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै अस्पतालबाट डिस्चार्ज भएको छु ।

चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशसनमै रहने छु ।”

महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : ०९ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई