२५ असार २०८३, बिहिबार | July 9, 2026

कपाल झर्ने समस्याबाट कसरी छुट्कारा पाउने ?



कपालले मान्छेलाई सुन्दर मात्रै देखाउँदैन आकर्षक पनि देखाउने गर्छ । कपालले मानिसलाई स्टाइलिस देखाउनुका साथै केहि हदसम्म व्यक्तित्वको पहिचानमा समेत मद्दत पुग्छ ।

सबैले आफ्नो कपाल राम्रो होस्, बाक्लो होस्, अर्थात नझरोस् भन्ने चाहान्छ । मानिसको रहनसहन खानपान तथा पानीको प्रयोगले कपाल झर्छ।

मानिसले कपाल झर्न रोक्नका लागि विभिन्न उपायहरू अपनाउँछन् । तर, सबैले कपाल बचाउन सक्दैनन् । कतिपय व्यक्तिहरूको उमेर नपुग्दै तालु खुइलिएको देखिन थाल्छ। कपाल झर्नु अहिलेका युवाहरूको प्रमुख समस्या हो ।

कपाल झर्ने समस्याबाट जोकोही पनि मुक्त हुन चाहन्छ। जसका लागि विभिन्न थेरापी रंगरोगन कपालको ट्रिटमेन्ट, भिन्न-भिन्न भेराइटीका साबुन स्याम्पुको प्रयोग गर्छन् । तर, कपाल झर्ने समस्याबाट सबैले मुक्ति पाउन सक्दैनन् ।

यसरी कपाल झर्ने समस्याबाट युवा पुस्ताले हैरानी व्यहोरि रहेको छ। कपाल झर्दा टोपी लगाउपर्ने झन्जट र साथी भाइले जिस्क्याउलान भन्ने डर पनि उत्तिकै हुन्छ । पानीको कारण तथा पोषणको कमलिे पनि कपाल झर्ने गर्छ ।

यसरी पाउन सकिन्छ छुट्कारा

स्वस्थ कपाल र कपाल झर्नबाट रोक्नका लागि महिको प्रयोग महत्वपूर्ण हुने देखिएको छ । कपालमा महि दल्नाले कपाल झर्दैन् ।

वर्षातको समयमा कपाल झर्ने समस्या झन हुन्छ । यस्तो बेला कपाल झर्नबाट बचाउनु महत्वपूर्ण कुरा हो । दिनमा ५०-६० कपाल झर्नु सामान्य मानिए पनि त्योभन्दा बढी झनै थाले भने समयमै ध्यान दिनुपर्छ । घरेलु उपचारका विधिहरु अपनाई चिकिच्सकको सल्लाह लिनुपर्छ ।

महिमा प्रोटिनको मात्रा बढी हुने भएकाले यसको प्रयोगले कपाल झर्नबाट बचाउँछ । यति मात्रै नभई महिले कपाल धुदा सिल्की बनाउनुका साथै चम्किलो समेत बनाउँछ ।

महिमा लैक्टिक एसिड,कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए,डी र बी-१२, क्याल्सियम,सोडियम, म्याग्नेसियम,आइरन र फस्फोरस प्रचुर मात्रामा पाइन्छ, जसको कारण कपाल झर्नबाट बच्छ । यसको प्रयोगले कपाललाई मजबुत बनाउने टाउको चिलाउने कम गर्नुका साथै नयाँ कपाल उमार्न सहयोग पुग्छ ।

चिलाउने तथा चाया कम गर्न : अमिले महिमा कागतिको रस मिसाएर १५ मिनेटसम्म मालिस गरी मातातो पानीले धोए कपाल चम्किलो हुनुका साथै मजबुत समेत हुन्छ । यस्तो गर्नाले टाउको चिलाउने समस्या सकेत निर्मुल हुन्छ ।

सेतो कपालबाट छुटकरा पाउन समेत महिको प्रयोग महत्वपूर्ण रहेको छ । महिको प्रयोगले नयाँ कपाल बाक्लो कपाल उमार्नमा फाइँदा पुयाउछ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ३ : ३९ बजे

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास