२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कपाल झर्ने समस्याबाट कसरी छुट्कारा पाउने ?



कपालले मान्छेलाई सुन्दर मात्रै देखाउँदैन आकर्षक पनि देखाउने गर्छ । कपालले मानिसलाई स्टाइलिस देखाउनुका साथै केहि हदसम्म व्यक्तित्वको पहिचानमा समेत मद्दत पुग्छ ।

सबैले आफ्नो कपाल राम्रो होस्, बाक्लो होस्, अर्थात नझरोस् भन्ने चाहान्छ । मानिसको रहनसहन खानपान तथा पानीको प्रयोगले कपाल झर्छ।

मानिसले कपाल झर्न रोक्नका लागि विभिन्न उपायहरू अपनाउँछन् । तर, सबैले कपाल बचाउन सक्दैनन् । कतिपय व्यक्तिहरूको उमेर नपुग्दै तालु खुइलिएको देखिन थाल्छ। कपाल झर्नु अहिलेका युवाहरूको प्रमुख समस्या हो ।

कपाल झर्ने समस्याबाट जोकोही पनि मुक्त हुन चाहन्छ। जसका लागि विभिन्न थेरापी रंगरोगन कपालको ट्रिटमेन्ट, भिन्न-भिन्न भेराइटीका साबुन स्याम्पुको प्रयोग गर्छन् । तर, कपाल झर्ने समस्याबाट सबैले मुक्ति पाउन सक्दैनन् ।

यसरी कपाल झर्ने समस्याबाट युवा पुस्ताले हैरानी व्यहोरि रहेको छ। कपाल झर्दा टोपी लगाउपर्ने झन्जट र साथी भाइले जिस्क्याउलान भन्ने डर पनि उत्तिकै हुन्छ । पानीको कारण तथा पोषणको कमलिे पनि कपाल झर्ने गर्छ ।

यसरी पाउन सकिन्छ छुट्कारा

स्वस्थ कपाल र कपाल झर्नबाट रोक्नका लागि महिको प्रयोग महत्वपूर्ण हुने देखिएको छ । कपालमा महि दल्नाले कपाल झर्दैन् ।

वर्षातको समयमा कपाल झर्ने समस्या झन हुन्छ । यस्तो बेला कपाल झर्नबाट बचाउनु महत्वपूर्ण कुरा हो । दिनमा ५०-६० कपाल झर्नु सामान्य मानिए पनि त्योभन्दा बढी झनै थाले भने समयमै ध्यान दिनुपर्छ । घरेलु उपचारका विधिहरु अपनाई चिकिच्सकको सल्लाह लिनुपर्छ ।

महिमा प्रोटिनको मात्रा बढी हुने भएकाले यसको प्रयोगले कपाल झर्नबाट बचाउँछ । यति मात्रै नभई महिले कपाल धुदा सिल्की बनाउनुका साथै चम्किलो समेत बनाउँछ ।

महिमा लैक्टिक एसिड,कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए,डी र बी-१२, क्याल्सियम,सोडियम, म्याग्नेसियम,आइरन र फस्फोरस प्रचुर मात्रामा पाइन्छ, जसको कारण कपाल झर्नबाट बच्छ । यसको प्रयोगले कपाललाई मजबुत बनाउने टाउको चिलाउने कम गर्नुका साथै नयाँ कपाल उमार्न सहयोग पुग्छ ।

चिलाउने तथा चाया कम गर्न : अमिले महिमा कागतिको रस मिसाएर १५ मिनेटसम्म मालिस गरी मातातो पानीले धोए कपाल चम्किलो हुनुका साथै मजबुत समेत हुन्छ । यस्तो गर्नाले टाउको चिलाउने समस्या सकेत निर्मुल हुन्छ ।

सेतो कपालबाट छुटकरा पाउन समेत महिको प्रयोग महत्वपूर्ण रहेको छ । महिको प्रयोगले नयाँ कपाल बाक्लो कपाल उमार्नमा फाइँदा पुयाउछ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ३ : ३९ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन