२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा संक्रमितको संख्या २०००, शनिबार थपिए ५८ कोरोना संक्रमित



बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या २००० पुगेको छ । शनिबार साँझ स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ५८ जना नयाँ संक्रमित थपिएर रुपन्देहीमा कुल संक्रमितको संख्या २००० पुगेको हो ।

शनिबार पनि रुपन्देहीको बुटवल उपमहानगरले सबै पालिकाहरुलाई उछिन्दै ३१ जना नयाँ संक्रमित भित्राएको छ । त्यसैगरि सिद्धार्थनगर नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ३ जना, तिलोत्तमा नगरपालिका र सुद्धोदन गाँउपालिकामा २।२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेबी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

शनिबार थपिएसँगै जिल्लामा संक्रमितको कुल संख्या २००० पुगेको छ, जसमा १२२८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने रुपन्देहीमा २० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ४१ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने