२५ असार २०८३, बिहिबार | July 9, 2026

रुसमा बस्ने यी लक्की नेपाली, जसले लक्की ड्रमार्फत कोरोना भ्याक्सिन लगाए



रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड(१९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

भ्याक्सिन लिनका लागि रुसी सरकारद्वारा अनलाइन लक्की ड्र मार्फत छनौटमा परेका डा. महेश श्रेष्ठले रुसी भ्याक्सिन लिएका हुन् ।

६१ वर्षीय डा. श्रेष्ठले शनिबार भ्याक्सिन लिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले जनाएका छन् ।

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिनुअघि उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।

रुसी सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिन लागेको हो । डा. श्रेष्ठ त्यही ग्रुपममा छानिएका हुन् ।

मध्येमा श्रेष्ठ छानिएका थिए । सल्यान जिल्लामा पुख्र्यौली घर भएका श्रेष्ठ हाल रुसको राजधानी मस्कोमा बसोबास गर्छन् ।

एनआरएन उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो भ्याक्सिन लिएकोकोमा खुःशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

यसअघि नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गर्दै गरेको कोरोना भ्याक्सिन नेपाललाई दिन रुस तयार भएको बताएका थिए ।

रुसले निर्माण गर्दैगरेको स्पुतनिक–५ नामक भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि नेपाललाई पनि छनौट गर्न चाहेको छ ।

एक महिना अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक ५ भ्याक्सिनले व्यवसायिक उत्पादनका लागि लाइसेन्स प्राप्त गरेको घोषणा गरेका थिए ।

पुटिनले आफ्नो देशले उत्पादन गरेको भ्याक्सिनले सबैप्रकारका मापदण्ड पुरा गरेको दाबी गर्दै आफ्नो छोरीले समेत यो भ्याक्सिन लिएको जनाएका थिए ।

कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा हाल रुस, चीन, अमेरिका, बेलायत, भारत लगायतका देशहरु संलग्न रहेका छन् ।

यी देशहरुले अर्बौ डलर रकम भ्याक्सिन अनुसन्धानका लागि खर्च गरेका छन् । यद्यपी, अहिलेसम्म व्यवसायिक रुपमा कुनै पनि भ्याक्सिन निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : १६ बजे

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास