५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बाबुलाई मारेर गाडेको घटनाको अनुसन्धान सुरु



तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ ।

आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो ।

बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो ।

छोराले गत भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी पिताको हत्या गरेको र शव उत्खनन गरी लाशजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

शव परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा) पठाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

फरार मुद्दाका २५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका २५ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं