१० श्रावण २०८३, आइतबार | July 26, 2026

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक कैदीवन्दीको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालगन्जमा उपचाररत अर्का एक जना कैदीवन्दीको ज्यान गएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ४ सहारे निवासी ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ती पुरुषको आज बिहान ६:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कर्तव्य ज्यानकेसमा कैदीबन्दी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि सुर्खेतबाट बाँके कारागारमार्फत गत भदौ २२ गते अस्पताल भर्ना गरिएका थिए । भदौ २१ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

हाइड्रो अक्सिजन/सीपीएपीबाट उपचार गरएकै अवस्थामा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरानो दमका रोगी समेत रहेका थिए ।

यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका रहेका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : १७ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले