१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक कैदीवन्दीको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालगन्जमा उपचाररत अर्का एक जना कैदीवन्दीको ज्यान गएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ४ सहारे निवासी ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ती पुरुषको आज बिहान ६:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कर्तव्य ज्यानकेसमा कैदीबन्दी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि सुर्खेतबाट बाँके कारागारमार्फत गत भदौ २२ गते अस्पताल भर्ना गरिएका थिए । भदौ २१ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

हाइड्रो अक्सिजन/सीपीएपीबाट उपचार गरएकै अवस्थामा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरानो दमका रोगी समेत रहेका थिए ।

यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका रहेका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : १७ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना