२ पुस २०८२, बुधबार | December 17, 2025

डाक्टर गोविन्द केसी नेपालगन्जमा, भेरी अस्पतालमा रात बिताएर मंगलबार काठमाडौं जाँदै



नेपालगञ्ज । गत आठ दिनअघि कर्णाली प्रदेशको जुम्लाबाट अनसन सुरु गरेका डा. गोविन्द केसीलाई काठमाडौं जानेक्रममा नेपालगन्ज आइपुगेका छन् ।

अनसनलाई कायमै राख्दै डा. केसी हेलिकोप्टरमार्फत नेपालगञ्ज पुगेका हुन् ।

जुम्लाबाट १९ औं अनसन सुरु गरेका डा. केसीको स्वास्थ्यअवस्था कमजोर बन्ने र सुरक्षा अभाव महशुस गरेपछि काठमाडौं जाने क्रममा नेपालगञ्ज पुगेका हुन् ।

सोमबार भेरी अस्पतालमा एक रात बास बसेर मंगलबार काठमाडौं जाने तयारी रहेको छ । डा. केसी भेरी अस्पतालमा पुगेको अस्पतालले पुष्टि गरेको छ ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले डा. केसीलाई अस्पतालको क्याविनमा बस्ने व्यवस्था मिलाइएको बताए ।

भेरीमा पुगेर पनि डा. केसीले कुनै पनि प्रकारको खाना खान अस्वीकार गरेको डा. थापाले बताए । डा. केसीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जानकारी दिंदै मेसु थापाले मंगलबार बिहान सम्मका लागि डा. केसी भेरीमा बस्ने र बिहान काठमाडौं प्रस्थान गर्ने जानकारी दिए ।

डा. केसीसँग उनको स्वास्थ्य अवस्थाको निगरानी गर्दै डा. प्रविण गिरी सहितको टोली पनि जुम्ला देखि नेपालगन्जसम्म पुगेको छ । नेपालगन्ज पुगेपछि बिज्ञप्ति निकाल्दै डा. केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९ औं सत्यग्राह गरेको बताएका छन् ।

उनले विज्ञप्तिमा सत्याग्रहको आठौं दिन पुगिसक्दा पनि मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको बताएका छन् ।

उनले सरकारले आफुलाई अपहरणको शैलीमा सत्याग्रह स्थलबाट जबरजस्ती अस्पतालमा सारेको आरोप लगाएका छन् ।

केसीले विज्ञप्तिमा भनेका छन्, ‘हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौ ।’

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ५७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन