१० श्रावण २०८३, आइतबार | July 26, 2026

डाक्टर गोविन्द केसी नेपालगन्जमा, भेरी अस्पतालमा रात बिताएर मंगलबार काठमाडौं जाँदै



नेपालगञ्ज । गत आठ दिनअघि कर्णाली प्रदेशको जुम्लाबाट अनसन सुरु गरेका डा. गोविन्द केसीलाई काठमाडौं जानेक्रममा नेपालगन्ज आइपुगेका छन् ।

अनसनलाई कायमै राख्दै डा. केसी हेलिकोप्टरमार्फत नेपालगञ्ज पुगेका हुन् ।

जुम्लाबाट १९ औं अनसन सुरु गरेका डा. केसीको स्वास्थ्यअवस्था कमजोर बन्ने र सुरक्षा अभाव महशुस गरेपछि काठमाडौं जाने क्रममा नेपालगञ्ज पुगेका हुन् ।

सोमबार भेरी अस्पतालमा एक रात बास बसेर मंगलबार काठमाडौं जाने तयारी रहेको छ । डा. केसी भेरी अस्पतालमा पुगेको अस्पतालले पुष्टि गरेको छ ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले डा. केसीलाई अस्पतालको क्याविनमा बस्ने व्यवस्था मिलाइएको बताए ।

भेरीमा पुगेर पनि डा. केसीले कुनै पनि प्रकारको खाना खान अस्वीकार गरेको डा. थापाले बताए । डा. केसीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जानकारी दिंदै मेसु थापाले मंगलबार बिहान सम्मका लागि डा. केसी भेरीमा बस्ने र बिहान काठमाडौं प्रस्थान गर्ने जानकारी दिए ।

डा. केसीसँग उनको स्वास्थ्य अवस्थाको निगरानी गर्दै डा. प्रविण गिरी सहितको टोली पनि जुम्ला देखि नेपालगन्जसम्म पुगेको छ । नेपालगन्ज पुगेपछि बिज्ञप्ति निकाल्दै डा. केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९ औं सत्यग्राह गरेको बताएका छन् ।

उनले विज्ञप्तिमा सत्याग्रहको आठौं दिन पुगिसक्दा पनि मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको बताएका छन् ।

उनले सरकारले आफुलाई अपहरणको शैलीमा सत्याग्रह स्थलबाट जबरजस्ती अस्पतालमा सारेको आरोप लगाएका छन् ।

केसीले विज्ञप्तिमा भनेका छन्, ‘हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौ ।’

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ५७ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले