१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पीसीआर टेष्ट घट्दै, कोरोना संक्रमित बढ्दै; मंगलबार थपिए १ हजार ३५६ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमितको पारो नेपालमा दिनप्रतिदिन उकालो चढिरहेको छ ।

सरकारले एक दिनमा गर्ने पीसीआर टेष्टको संख्या घटाउँदै गर्दा संक्रमितको संख्या भने झनझन बढिरहेको छ ।

२४ घण्टामा १३ हजारसम्म पुर्याएको पीसीआर टेष्ट अहिले घटाएर सोमबारसम्म ९ हजारको आसपासमा ल्याइएको थियो । तर मंगलबार भने ११ हजार १५४ पीसीआर टेष्ट भएको छ । पीसीआर टेष्टको तुलनामा संक्रमितहरु भने त्यसको तुलनामा बढिरहेका छन् ।

मंगलबार देशभर १ हजार ३५६ जना संक्रमित थपिएका छन् ।

११ हजार १५४ पीसीआर परीक्षणमा १ हजार ३५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्र्राडा जागेश्वर गौतमले बताए ।

सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ९४९ जना रहेका छन् ।

देशभर २४ घण्टामा ८२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ४८ हजार ६१ जना रहेको छ । मुक्त हुने दर ७२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : २३ बजे

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र