५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

सरकारले छुट्यायो गरीब र असहायको नि:शुल्क उपचार गर्न १५ अस्पताल



काठमाडौँ । गरिब तथा विपन्न वर्गले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क लिन सरकारले तोकेका १५ वटा अस्पतालमा पुग्न पर्ने भएको छ ।

प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो सेवा लिन तोकिएको अस्पतालमा मात्र सेवा दिने व्यवस्था गरेको हो ।

मन्त्रालयले तोकेको अस्पतालहरुमा काठमाडौँ उपत्यकाका लागि त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्र हरेका छन् ।

उपत्यका बाहिर गरिव तथा असहायले प्रारम्भिक स्वास्थ्य सेवा निशुल्क लिन कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेलधुुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई मन्त्रालयले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमको लागि छनौट गरेको छ । सरकारको यो निर्णयले नेपालमा सबै भन्दा बढी गरिबीको रेखामुनी रहेका कर्णाली प्रदेश अन्तर्गत मुगु, कालिकोट, हुम्ला लगायतका गरिव तथा असहायहरु सेवा लिनका लागि सुर्खेत पुग्नु पर्ने भएको छ ।

मन्त्रालयले कार्यक्रमको सुरुवातमा सम्बन्धित अस्पतालहरुलाई केही बजेट पेश्कीको रुपमा पठाउने तयारी मन्त्रालयले गरेको छ । त्यसरी सेवा दिँदा लागेको खर्च रकम सोधभर्नाको लागि पेश गर्दा इकाइ मूल्य स्वास्थ्य बीमा बोर्डको अधिकतम मूल्य भन्दा बढी हुनु नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमको अनुगमन तथा निरीक्षण संघ र प्रदेशका सम्बन्धित निकायहरुले आवश्यकता अनुसार कम्तीमा वर्षमा दुई पटक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएकोे छ । कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत केही अस्पतालले यो सेवा सुरु गरिसकेका छन् ।

न्युनतम आयश्रोत भएका नागरिकहरुको बसोबास रहेका प्रदेश नम्बर ३ मा ८ वटा अस्पतालमा यस्तो सेवा दिईने भएको छ भने सबै भन्दा कम आयश्रोत रहेको कर्णाली प्रदेशमा एउटा अस्पतालमा मात्र गरिव र असहायका लागि छनौट गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ३९ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया