१० श्रावण २०८३, आइतबार | July 26, 2026

एबीसी मिडिया ग्रुप एवं मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना पुष्टि



काठमाडौं । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना भाइरसको संक्रमण भएको छ ।

अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

सोमबार दिउँसो स्वाव परीक्षण गराएकोमा मंगलबार बिहान कोरोना पोजेटिभ देखिएको कँडेलको परिवारले जनाएको छ । तर, सँगसँगै स्वाव परीक्षण गराएका उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सामान्य ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि कँडेल गत बिहीबारदेखि घरमै आराम गरिरहेका थिए ।

अध्यक्ष कँडेलले आफुलाई संक्रमण पुष्टि भएका कारण आफ्नो सम्पर्कमा विगत सात दिनदेखि आएका सबैलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छन् ।

कँडेल मंगलबार नै ह्याम्स अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ । यद्यपी, आफ्नो आवाजमा केही समस्या आएको कँडेलले बताएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ४१ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल