२ पुस २०८२, बुधबार | December 17, 2025

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ का वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ निवासी ३९ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार मृतक वडा नं. ३ का वडा अध्यक्ष रहेको अस्पताल जारी गरेको प्रेस नोटमा जनाइएको छ ।

गत भदौ २९ गते भेरी अस्पतालमा भर्ना भएका ती पुरुषको कोरोना परीक्षण गर्दा ३० गते पोजेटिभ देखिएको थियो । तर, २८ गते उनको पीसीआर जाँचको लागि स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । त्यसपछि, घरमै रहेका उनी स्वास्थ्यमा समस्या बढेपछि २९ गते भेरी अस्पतालमा भर्ना हुन आएको अस्पतालको प्रेस नोटमा जनाइएको छ ।

ती पुरुषलाई कोरोना संक्रमण पुष्टि भएसँगै रेमडेसिभिर, सीएएपी दिइएको पनि अस्पतालले जनाएको छ । तर, स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि ४ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै अवस्थामा आज बिहान १०ः३० बजे उनको मृत्यु भएको अस्पतालले पनि अस्पतालले जनाएको छ ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारको क्रममा आई मुत्यु हुनेको संख्या ५ पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहसँग शव व्यवस्थापनका लागि समन्वय भैरहेको अस्पतालले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ५८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन