१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आमाको साथी भन्दै चकलेट खुवाउने, बालबालिकाको सुन लुट्ने; काइदा धन्दा थियो, पक्राउ परिन संगीता



काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया संगीता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो ।

म्याग्दी स्थायी घर भई हाल बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए ।

उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन ।

चार वर्षदेखि दश वर्ष उमेरका बालिबालिकालाई लक्ष्य गरी चोरी गर्ने उक्त महिलालाई प्रहरीले काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ ।

प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बिल बिनाका चोरीका गहना अभियुक्त क्षेत्रीले ललितपुरको दर्ता बिनाको सुन पसलमा लगेर बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको छ ।

काभ्रे घर भई ललितपुर बस्ने ३० वर्षीय मुरली विकले ललितपुर महानगरपालिका–६ कनिबहालमा अवस्थित बिना दर्ता चलाउँदै आएको सुन पसलमा चोरीका गहना सस्तो मूल्यमा किनेर स्वरुप परिर्वतन गरी बच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका निज विकको पसलबाट ३० हजारसहित चुँडिएको सिक्रीलगायतका सामान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका विकलाई समेत प्रहरीले म्याद थप गरी अनुन्धान थालेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : ११ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको