११ बैशाख २०८१, मंगलबार | April 24, 2024

भैरहवाका जैसवालको मृत्यु शंकास्पद नभएको वीर अस्पताल र केन्द्रिय कारागारको प्रष्टिकरण



बुटवल । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएको छ ।

जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारले मृत्युमा शंका ब्यक्त गरेपछि वीर अस्पताल र केन्द्रिय कारागारले शंकास्पद नरहेको प्रष्टिकरण दिएको हो । मृतक जैसवालका परिवारजनले मृत्युमा शंका ब्यक्त गर्दै केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् ।

असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रिय कारागारले जनाएको छ । घटना प्रकरणलाई लिएर बुधबार गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले तीनदिन देखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सुन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको स्विकार गरे । शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरु देखिएको उनले बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै जेलर बाँस्कोटाले सिसिभिटी फुटेजबाट कारागारभित्र हत्या भएको पुष्टि नहुने दाबी गरे । मृतकको पोष्टमार्टम रिपोर्ट भने आउन काँकी रहेको उनले बताए ।

वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पु¥याइएका जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताए । डा.सेन्चुरीले अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको स्पष्ट पारे । वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मि मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको उनको भनाई थियो । बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सहि नभएको सेन्चुरीले बताए ।

कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्षदेखि कैदभुक्तान गरिरहेका रुपन्देही सिद्धार्थनगर नगरपालिका भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृत्यु भएको थियो । दीर्घरोगी रहेका जयसवालको उपचारको क्रममा मृत्यु भएको केन्द्रीय कारागारले जानकारी दिएपनि परिवारका सदस्यहरुले उनको जेल भित्र हत्या भएको आशंका गरेका थिए ।

जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ०६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना