१० श्रावण २०८३, आइतबार | July 26, 2026

भैरहवाका जैसवालको मृत्यु शंकास्पद नभएको वीर अस्पताल र केन्द्रिय कारागारको प्रष्टिकरण



बुटवल । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएको छ ।

जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारले मृत्युमा शंका ब्यक्त गरेपछि वीर अस्पताल र केन्द्रिय कारागारले शंकास्पद नरहेको प्रष्टिकरण दिएको हो । मृतक जैसवालका परिवारजनले मृत्युमा शंका ब्यक्त गर्दै केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् ।

असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रिय कारागारले जनाएको छ । घटना प्रकरणलाई लिएर बुधबार गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले तीनदिन देखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सुन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको स्विकार गरे । शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरु देखिएको उनले बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै जेलर बाँस्कोटाले सिसिभिटी फुटेजबाट कारागारभित्र हत्या भएको पुष्टि नहुने दाबी गरे । मृतकको पोष्टमार्टम रिपोर्ट भने आउन काँकी रहेको उनले बताए ।

वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पु¥याइएका जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताए । डा.सेन्चुरीले अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको स्पष्ट पारे । वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मि मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको उनको भनाई थियो । बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सहि नभएको सेन्चुरीले बताए ।

कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्षदेखि कैदभुक्तान गरिरहेका रुपन्देही सिद्धार्थनगर नगरपालिका भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृत्यु भएको थियो । दीर्घरोगी रहेका जयसवालको उपचारको क्रममा मृत्यु भएको केन्द्रीय कारागारले जानकारी दिएपनि परिवारका सदस्यहरुले उनको जेल भित्र हत्या भएको आशंका गरेका थिए ।

जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ०६ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल