४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिनाउ नदीले खतराको जलसतह नाघ्यो, रानीगञ्जमा नदी कटानले सुकुम्बासी बस्ती जोखिममा



बुटवल । बुटवल हुँदै बग्ने तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पूर्वानुमान शाखाका अनुसार तिनाउ नदीमा ५ दशमलव २ मिटरसम्म सतर्कताको तह र ५दशमलव ६ मिटरसम्म खतराको तह मानिने गरेकोमा बिहीबार बिहान साढे ७ बजे तिनाउको जलसतह ५ दशमलव ७१ मिटर मापन गरिएको थियो । बिगत २ दिन देखिको वर्ष जारी रहे जल सतह अझै बढ्न सक्ने शाखाले औंल्याएको छ ।

अहिले पनि गुल्मी, पाल्पा लगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आईरहेको हुँदा खतरा नतरेको पूर्वानुमान शाखाको भनाई छ ।

तिनाउ नदीको बहावले कटान गर्दा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती जोखिममा परेको स्थानीयले बताएका छन् ।

आज बिहानैदेखि तिनाउले कटान गर्न थाले पछि नदिछेउ बसोबास गरिरहेका सुकुम्बासी बस्तीमा जोखिम बढेको हो ।

देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ । यसअघि नै बाढी सूचना केन्द्रले बाढी आउने पूर्वानुमान गर्दै ११ गतेसम्म तटीय क्षेत्रमा नजान आग्रह गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको