१८ माघ २०८२, आइतबार | February 1, 2026

स्याङ्जा पहिरो अपडेट : बेपत्ता भएका ९ जनाकै शव फेला, एक जनाको जीवितै उद्वार



स्याङ्जा । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा बेपत्ता भएका ९ जनाकै शव फेला परेको छ ।

पहिरोमा परी चार जना महिला, चार जना पुरुष र एक जना बालकको मृत्यु भएको छ भने एक जनाको जिवितै उद्धार गरीएको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा ४८ वर्षकी माया नेपाली, ६० वर्षीय सानु नेपाली, जेठो छोरा ३० वर्षका दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, कुलदिपको श्रीमती बिनिता नेपाली, कुलदिपको एक वर्षे छोरा,शिशिर नेपाली, कान्छो छोरा दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

पहिरोमा जिवितै उद्दार गरीएको वर्ष अन्दाजी १५/१६ कि मनिषा नेपालीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएको र उनको अवस्था चिन्ताजनक रहेको अधिकारीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ११ : ५५ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा