३१ भदौ २०८३, बुधबार | September 17, 2026

स्याङ्जा पहिरो अपडेट : बेपत्ता भएका ९ जनाकै शव फेला, एक जनाको जीवितै उद्वार



स्याङ्जा । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा बेपत्ता भएका ९ जनाकै शव फेला परेको छ ।

पहिरोमा परी चार जना महिला, चार जना पुरुष र एक जना बालकको मृत्यु भएको छ भने एक जनाको जिवितै उद्धार गरीएको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा ४८ वर्षकी माया नेपाली, ६० वर्षीय सानु नेपाली, जेठो छोरा ३० वर्षका दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, कुलदिपको श्रीमती बिनिता नेपाली, कुलदिपको एक वर्षे छोरा,शिशिर नेपाली, कान्छो छोरा दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

पहिरोमा जिवितै उद्दार गरीएको वर्ष अन्दाजी १५/१६ कि मनिषा नेपालीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएको र उनको अवस्था चिन्ताजनक रहेको अधिकारीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ११ : ५५ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै