१५ फाल्गुन २०८०, मंगलबार | February 28, 2024

स्याङ्जा पहिरोमा ज्यान गुमाएका एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार



वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।

स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए ।

सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए । ‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ’, अध्यक्ष रनपालले भने ।

एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए । दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीप प्रताप खाँणले बताए ।

वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ५४ बजे

विज्ञान प्रविधीसँगै संस्कृत भाषालाई विद्यालयले गरेको माया अतुलनीय रहेको छ : पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल

तिलोत्तमा । पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञान प्रविधीसँगै

अनुसन्धान र अभियोजनमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका

रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको

रुसी सेनामा गएका नागरिकप्रति राज्यको दायित्व छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा गएका भए पनि

‘विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?’

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको