१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा कोरोना संक्रमण लगातार उकालो लाग्दै, बिहीबार थपिए ८२ नयाँ संक्रमित



बुटवल । निषेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएसँगै रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ लगातार उकालो लागेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा २३ महिला ५८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा बिहिबार पनि बुटवल उपमहानगरले सबै पालिकालाई नयाँ संक्रमित थप्ने कार्यमा उछिनेको छ । बुटवल उपमहानगरमा ४२ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरि सिद्धार्थ नगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणीमा ३ जना तथा देवदह र ओमसतिया गाँउपालिकामा २।२ जना नयाँ संक्रमित थपिएका छन् ।

बिहिबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २२८२ पुगेको छ । जिल्लामा १५३१ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज