२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा कोरोना संक्रमण लगातार उकालो लाग्दै, बिहीबार थपिए ८२ नयाँ संक्रमित



बुटवल । निषेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएसँगै रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ लगातार उकालो लागेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा २३ महिला ५८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा बिहिबार पनि बुटवल उपमहानगरले सबै पालिकालाई नयाँ संक्रमित थप्ने कार्यमा उछिनेको छ । बुटवल उपमहानगरमा ४२ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरि सिद्धार्थ नगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणीमा ३ जना तथा देवदह र ओमसतिया गाँउपालिकामा २।२ जना नयाँ संक्रमित थपिएका छन् ।

बिहिबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २२८२ पुगेको छ । जिल्लामा १५३१ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : ३४ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका