१० श्रावण २०८३, आइतबार | July 26, 2026

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाललाई कोरोना संक्रमण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफनो फेसबुक एकाउण्टमा पोष्ट गर्दै आफुलाई संक्रमण पुष्टि भएको बताएका छन

बिहीवार गरिएको कोरोना परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रांदेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

खबरकुरा संग कुरा गर्दै खनालले भने कोरोनाको जस्तै केही लक्षणको शकां लागे पछि आज मात्रै कोरोना परीक्षणका लागि स्वाब दिएको थिए रिर्पोट पोजेटिभ आयो ।

ज्वोरो र सुख्खा खोकी लागेको खनालले बताए । खनाल अहिले होम आइसोलेशनमा बसेको छन् ।

हेराैँ उनकाे लामाे स्टाटस :

आफैं कोरोना संक्रमित बिरामी पो भएछु
दुइ दिन अघि भर्खरै कोभिड बिरामीको सेवामा लाग्ने भनेर कोरोना अस्थायी अस्पतालको लागि भनेर छनौट भएकी एक जना नर्सिङ स्टाफले मलाई मेसेज गरिन” डक्टर हजुरलाई थाहा छ कि छैन? अहिले हामी बार्ह जना स्टाफ धागो कारखानामा भर्ना छौं ।” मलाई थाहा थियो- उनिहरु माथिको मुख्य अस्पतालको आइ सी यू मा ट्रेनिङको क्रममा संक्रमित भएका थिए। तर एक्स रे हेर्दा खासै समस्या नभएको र सामान्य लक्षण भेटिएपछि भर्ना गरिएको थियो- बिशेष निगरानीमा राख्न।अहिलेको संकट्मा सेवामा समर्पण गर्ने भनेर काममा आउनु ठूलो कुरा हो।
मैले मेसेज पाएपछि भनें- “म तिमीहरूलाई भेट्न आउंछु। चिन्ता नगर्नू, उच्च मनोबल राख्नू। अहिले समस्या भए भन्नू।” म अस्पतालको प्रमुखको जिम्मेवारीमा आएपछि अस्पतालका फांटहरुमा प्राय: नियमित रूपमा पुग्ने बानि छ। किन किन अन्य कार्यालय प्रमुख जस्तो सहि गर्दै बस्ने बानि मन पर्दैन । तर बाध्यता छ, कहिलेकाही भ्याइदैन। प्रशासन मेरो मन पर्ने क्षेत्र पनि होइन। राम्रो काम र परिबर्तनमुखि काम गर्दा पनि धेरैको तारो भइने।
अर्को दिन दिउसो म त्यहाँ गएं। सबैलाई बाहिर बोलाएं, सामजिक दूरी राखेर कुरा गर्न भनें, मास्कको उचित प्रयोगको बारेमा हवाइ जहाजमा एअर होसटेजले हरेक पटक उद्घोषण गरेर सम्झाएं जस्तै बताएं, हातको सफाई बारेमा बुझाएं। र, मायाले यी कलिला नानीहरूलाई स्वास्थ्यकर्मी संक्रमित हुनु भनेको कुनैआफ्नै हेल्चेक्रायी हो भनेर गाली जस्तो गरें। मास्क फुकालेर बिरामीसंग कुरा गरेका थियौ कि?, मोबाइलमा आफू आफूहरु सेल्फी र टिक टोक बनाउन नजिक भएका थियौ कि? हातको राम्रो सफाइ भएन कि ? सम्झाएं।
फेरी भनें :”हेर गोठमा गोबर सोत्तर गर्नेहरुलाई कहिलेकाही जत्ति गरे पनि आफूलाई लाग्न सक्छ। यो चाहिं दुर्घटना हो। त्यस्तो मलाई पनि हुन सक्छ। आज तिमीहरूलाई गाली गरेर पर्सि भयो भने! केहि छैन खट्ने र गर्नेलाई नै यस्तो हुने तर साबधानी अपनाम है। न आत्तिनू ,तिमीहरूलाई कोरोना फ्री गराएर हामीले काम दिनेछौं ।”उनीहरू मेरो काउन्सेलिङ्ले खुशि भए जस्तो लाग्यो। अहिले उनीहरुको स्वास्थ्य ला भ भैराखेको छ।
तर कस्तो संयोग हो कुन्नि ?हिजों रातिदेखि मलाई पो ज्वरो आउन शुरु गर्यो, राति मध्यरातमा सुख्खा खोकिले अप्ठ्यारो पारे जस्तो भयो, जीउ दुखेर भारी भएकोमा शंकाले बिहान पी सी आर टेस्ट गर्न स्वाब दिएकोमा पोजिटिभ रिपोर्ट पो आयो। अहिले होम आइसोलेशनमा बसेको छु, फिजिसियन साथीहरूसंग समन्वय गरेर।बर्षमा खास गरी यो सिजनमा घांटी दुख्ने हल्का जीउ दुख्ने त प्राय: हुन्थ्यो। कहाँबाट कोरोना घुस्यो,रनभुल्लमा छु। छिटै यसबाट पार पाएर काममा फर्किने छु।
मसंग गत ४- ५ दिनदेखि नजिक भएका कुनै पनि साथिहरुमा शंकाका लक्षण छन भने तुरुन्तै अस्पतालको फीबर क्लिनिकमा आई निशुल्क पि सि आर टेस्ट गराउनुहोला।समस्या नभएकाहरु ५-७ दिनको सेल्फ आइसोलेशन तथा सरकारले भनेको SMS (S= सामाजिक दूरी, M= मास्कको उचित प्रयोग , S= हातको सफाइ)मा को सुरक्षा कवचमा रहनुहोला र लक्षण निस्किएमा तु. लुम्बिनी प्रादेशिक अस्पतालको फीबर क्लिनिकमा सम्पर्क गर्नु होला।
शुभेच्छुकहरुले मलाई धेरै फोन नगरिदिनुहोला, किन भने मलाई सुख्खा खोकीले आक्रान्त पार्दैछ। मेसेज जति गरे पनि हुन्छ ।तर सकारात्मक होस ;जसले मलाई मनोबल उच्च पार्न सहयोग गर्नेछ, र म छिट्टै यहाँहरुको सेवामा हाजिर हुन पाउं।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : १७ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन