१४ असार २०८३, आइतबार | June 28, 2026

सार्क सम्मेलन शीघ्र आयोजनाका निम्ति व्यवहारिक विकल्प खोजी गर्न आह्वान



काठमाडौं । ६ वर्षदेखि अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजनाका निम्ति व्यावहारिक सबै विकल्प खोजी गर्न नेपालले सदस्य देशलाई आह्वान गरेको छ ।

सार्कमा नयाँ उत्साह उत्पन्न गर्न तथा गतिशील तुल्याउन १९ औँ शिखर सम्मेलन चाँडो आयोजना गर्नु अपरिहार्य भएको बताउँदै सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले व्यावहारिक विकल्पको खोजीका निम्ति सदस्य राष्ट्रलाई आह्वान गरेको हो ।

सङ्गठनका अध्यक्ष नेपालले अप्रत्यक्षरुपमा आज आयोजना गरेको सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई दक्षिण एशियाका जनताको जीवन निर्वाहमा प्रत्यक्ष परिवर्तन गराउन सक्षम, प्रभावकारी एवं परिणामोन्मुख क्षेत्रीय सङ्गठन बनाउनुपर्नेमा जोड दिए ।

कोभिड–१९ विरुद्ध लड्न र महामारीको प्रभाव घटाउने अनुकूल उपाय विकास गर्न सदस्य राष्ट्र सामूहिक रुपमा सघनताका साथ लाग्नुपर्ने आवश्यकता बैठकका अध्यक्ष मन्त्री ज्ञवालीले औँल्याए ।

बैठकमा सबै सदस्य मुलुकका परराष्ट्र मन्त्रीको सहभागिता थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : १६ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली