२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बाँकेको ‘हराएको दशगाँउ’मा सशस्त्र प्रहरीको वीओपी राख्ने तयारी, जनप्रतिनिधि र सुरक्षा अधिकारी स्थलगत निरीक्षणमा



बाँके । झण्डै १० वर्ष अगाडि पत्ता लागेको बाँकेको हराएको दश गाँउमा सशस्त्र प्रहरीको वीओपी स्थापना गरिने भएको छ ।

वर्षौदेखि नेपाली नक्साभित्र रहेर पनि नेपालले पत्तो नपाएको दश गाँउ मध्येको मध्य गाँउ गुर्दनगौडीमा वीओपी स्थापना गर्न लागिएको हो ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गुर्दनगौडीमा वीओपी स्थापनाका लागि बिहीबार स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सम्शेरगन्ज स्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, जनप्रतिनिधि, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर बुधबार स्थलगत निरीक्षण गरेको थियोे ।

झण्डै ३ दशकदेखि नेपाली नक्साभित्र दशवटा गाँउ र २५ सय बढी परिवारको बसोबास रहेपनि १० वर्ष पहिलेसम्म नेपाल सरकार उनीहरुका बारेमा बेखबर रहेको थियो । त्यस गाँउका स्थानीयवासी कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत तत्कालिन बैजापुर गाँउ विकास समितिमा काम गर्न पुग्दा उनीहरुसँग नागरिकता नभएको पत्ता लागेपछि त्यस गाँउका विषयमा खोज सुरु भएको थियो ।

तत्कालिन अवस्थामा एबीसी टेलिभिजनले नेपाली प्रशासनले पत्तो नपाएको दश गाँउ र त्यहाँका २५ सय बढी परिवारको भिडियो समाचार प्रशारण गरेपछि सरकारले त्यस गाँउका विषयमा चासो देखाएको थियो ।

१० वर्ष पहिलासम्म नागरिकता, पहिचान र राज्यको स्वामित्व बाहिर रहेका उनीहरुले भारतीय बजारबाट किनमेल, औषधी उपचार गराउँदै आएका थिए । भारतीय बिहिफे बजारमा आश्रित उनीहरुको सबै जीवनयापन भारतबाटै निर्वाह हुने गरेको थियो ।

स्थलगत निरीक्षण गर्न पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसमक्ष स्थानीय बासिन्दाले आफुहरु राज्यका हरेक सेवा, सुविधाबाट बञ्चित हुनुपरेको दुखेसो पोखेका छन् ।

सुर्योदय प्राथमिक बिद्यालय ब्यवस्थापन समिति गुर्दनगौडीका अध्यक्ष तिलक घर्ती लगायत स्थानीय बासिन्दाले आवत जावतका लागि भरपर्दो बाटो, टेलिफोन, खानेपानी, शान्ति सुरक्षा, कृषि तथा पशु सेवा अति आवश्यक रहेको बताए ।

अधिकांश स्थानीयले बाटो, सञ्चार, खानेपानी, शान्ति सुरक्षाको असुविधा रहेको बताएका छन् ।

स्थानीय बासिन्दाले राखेका गुनासोलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले त्यस क्षेत्रको विकासका
लागि हरेक वर्ष प्राथमिकतामा पारेको बताए। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र बाटो मर्मतका लागि हरेक वर्ष प्राथमिकतामा राख्दै आएको अध्यक्ष थारुले जिकिर गरे ।

यस्तै सशस्त्र प्रहरी बल सम्शेरगन्ज बाँकेका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले नेपाल–भारत सिमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा वीओपी राख्ने सरकारको नीति अनुरुप यसवर्ष राप्तीसोनारी गाउँपालिकाको गुर्दनगौडी र बानवा नाकामा स्थापना गर्ने योजना रहेको जानकारी दिए । त्यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती भएमा सिमा स्तम्भको सुरक्षाका साथै नागरिकको पनि सुरक्षा गरिने उनले बताए ।

दश गाँउ पत्ता लगाउने टोलीका अभियन्ता समाजसेवी हरिभक्त ओलीले गाँउको पूर्वाधार विकासका लागि स्थानीयतहले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यस क्षेत्रमा खयरभट्टी, गुर्दनगौडी, महेशपुर, बासखोली, झुरुवा लगायत दश गाउँ रहेका छन् । त्यहाँको पछिल्लो तथ्यांक अनुसार १ सय ७० घरधुरी बसोबास गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ३५ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको