२० माघ २०८२, मंगलबार | February 3, 2026

स्याङ्जा पहिरोमा ज्यान गुमाएका एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार



वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।

स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए ।

सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए । ‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ’, अध्यक्ष रनपालले भने ।

एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए । दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीप प्रताप खाँणले बताए ।

वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ५४ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र