२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २:२५ बजे कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन् उपमहानगरपलिका वार्ड नम्बर ३ एक्लैनीका ५२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको असोज ६ बिहान पीसीआर परीक्षण भएको थियो । सोही दिन उनलाई कोरोना पुष्टि भएपछि राती ११ बजे अस्पताल भर्ना गरिएको थियो । उपचारका सबै बिधि अपनाउंदा समेत स्वास्थ्यमा सुधार हुन नसकेको र गयराती २ः४५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत  श्रेष्ठले बताए ।

यो सँगै बाँकेमा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा बाँके बाहिरका ५ जनाको पनि ज्यान गईसकेके छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ४५ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका