२६ बैशाख २०८१, बुधबार | May 8, 2024

‘स्वस्थ्य मानिसलाई जीवित कोरोना भाइरस दिइने !’, के गर्न खोज्दैछ वेलायतले ?



यतिबेला कोरोना भाइरसको संक्रमणले विश्व नै आक्रान्त छ । झण्डै १० लाख मानिस भाइरसको संक्रमणबाट मरेका छन् । २ करोड भन्दा बढी संक्रमित भएका छन् ।

स्पेनिश फ्लुपछि विश्वलाई नै अस्तव्यस्त बनाएको यो महामारीलाई नियन्त्रण गर्न विश्वका ठूला मुलुकहरु खोप निर्माणका लागि लागि परेका छन् । सयौं वैज्ञानिकहरु दिन रात नभनि खोप विकासका लागि प्रयत्नशील छन् । अर्बौ डलर खर्चिएको छ खोप निर्माणका लागि ।

शक्ति राष्ट्रहरु कसले पहिला खोप बजारमा ल्याउने भनेर प्रतिस्पर्धा समेत गररहेका छन् ।  चीन, बेलायत, अमेरिका, रुस लगायतका देशका कैयौं कम्पनीहरु संलग्न यो विश्वव्यापी अभियानले कहिले मूर्त रुप लिन्छ बाँकी विश्व त्यसैको प्रतिक्षामा रहेको छ ।

कोरोनाभाइरसविरुद्ध खोप विकास गर्नका लागि विश्वभरि तीव्र गतिमा काम भइरहेको छ। कैयौं कम्पनीहरु अहिले खोपको तेस्रो क्लिनिकल चरणमा पुगेका छन् । हालसम्म ३६ वटा खोपहरू क्लिनिकल परीक्षणको चरणमा रहेका छन् ।

हजारौं स्वयंसेवकलाई दिइने यो खोप अभियान सफल भए लाइसेन्स प्राप्त गरी व्यवसायिक उत्पादनका लागि खोप कम्पनीहरुलाई बाटो खुल्नेछ ।

त्यसमध्ये एक अक्सफर्ड विश्वविद्यालयले तयार पारेको खोप पनि परीक्षणको अन्तिम चरणनजिक पुगेको छ । खोप सफल भएमा भाइरसविरुद्ध सुरक्षा प्रदान गर्नेछ।

खोप परीक्षणकै क्रममा वेलायतमा ‘च्यालेन्ज ट्रायल’ सुरु गर्ने तयारी पनि भएको छ । यो ‘च्यालेन्ज ट्रायल’मा खोप परीक्षण गर्नका लागि कैयौं स्वस्थ्य मानिसलाई कोरोनाको जीवित भाइरस दिन लागिएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार ती स्वयंसेवकहरुलाई जानजान कोरोना संक्रमित बनाएर सम्भावित खोपको प्रभावकारिताको जाँच हुनेछ । यसअर्थमा, स्वस्थ्य मानिसलाई कोरोना संक्रमित बनाउने पहिलो मुलुक बेलायत बन्नेभएको छ ।

वेलायत सरकारले हुयुमन ‘ह्यूमन च्यालेन्ज स्टडीज’ मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।

वेलायतमा अक्साफोर्ड विश्वविद्यालयको नेतृत्वमा कोरोना विरुद्धको खोप निर्माणको काम अघि बढिरहेको छ । यद्यपी, यसबारे कुनै पनि किसिमको सम्झौता भने गरि नसकिएको बीबीसीले जनाएको छ ।
यस्तो परीक्षणका लागि स्वयंसेवक बन्न केही वेलायती युवा तयार देखिएका छन् । ती मध्ये १८ वर्षीय विद्यार्थी एलास्टेर फ्रेजर–उरक्युहार्ट पनि हुन् ।
उनले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भनेका छन्, ‘मलाई लाग्छ यस्तो किसिमको परीक्षणबाट हजारौँको जीवन रक्षा गर्न सकिन्छ र साँच्चै विश्वलाई यो महामारीबाट बाहिर ल्याउन सकिन्छ। यो कुरा मलाई अर्थपूर्ण लाग्यो।’

अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले पनि त्यस्तो परीक्षणको विचार राम्रो रहेको र यसमा रोगको वास्तविकता बुझ्ने क्षमता रहेको जनाएका छन् ।

उनले भनेका छन्, ‘हामीलाई थाहा छ कि स्वस्थ युवामा खतरा अत्यन्तै कम छ।’

उनी थप भन्छन्, ‘हामीसँग अहिले केही त्यस्ता उपचार विधि छन् जसबाट फाइदा पुगेको छ। त्यसकारण परीक्षणमा सहभागी कसैमा समस्या देखियो भने उनीहरूलाई प्रारम्भिक चरणमै औषधि दिन सकिन्छ र रोग नियन्त्रण गर्न सकिन्छ।’

यस्ता परीक्षणमा स्वयंसेवकहरूलाई नजिकबाट नियालिने र उनीहरूले भाइरसप्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरक्षा प्रणालीको अनुगमन गरिने प्राध्यापक होर्बी बताउँछन् ।

एक सरकारी प्रवक्ताले पनि त्यस्तो परीक्षणबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

कोरोना विरुद्धको खोप उपलब्ध हुन थालेपछि लकडाउन र सामाजिक दूरी जस्ता विषयलाई बिस्तारै खुकुलो बन्दै जानेछन् । तर, विश्वका शक्तिशाली मुलुकहरुले बनाएका यी खोप गरीब मुलुकहरुले सहजै प्राप्त गर्न सक्ने हुन या हैनन्, अझै पनि आशंका कायमै छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै मानिसको पहुँचमा खोप पुर्याउनका लागि आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १२ : ०९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार