१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

नारायणीको बाढीले ‘केटो’ बगायो



चितवन । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ ।

निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो ।

निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो ।

“निकुञ्जको दूर्गम क्षेत्र (कोर एरिया) बाट शुक्रबार बिहान गैँडाकोट बच्चालाई बगाएको छ” उनले भने “केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास ग-यौँ तर सफलता मिलेन सकेनौँ ।” नदीको बाढीले केटोलाई बगाएर भारत पु-याएको उनले जानकारी दिए ।

केटोलाई भारत पु-याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर खोजी कार्य जारी राखिएको उनको भनाइ छ ।

“अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन” उनले भने, “केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।”

यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए ।

निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ०६ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति