१९ बैशाख २०८१, बुधबार | May 1, 2024

रातभरको मुसलधारे वर्षाले बुटवल आसपासको विभिन्न स्थानमा क्षती; पाल्पा सडक अवरुद्ध, केहि घर बाढीले बगायो



बुटवल । गएराति झण्डै ५ घण्टा आएको मुसलधारे वर्षाले रुपन्देहीका बिभिन्न स्थानहरुमा केहि घर बगाएको छ भने बुटवल पाल्पा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

रुपन्देही प्रहरीले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिकामा ४ वटा घर बाढीले बगाएको छ । चौरङ्गे खोलामा आएको बाढीले देवदह १० का रामबहादुर श्रेष्ठको १ तले घर बगाएको छ भने उनको २ बाख्रा, ४ कुखुरा लगायतको धनमान बगाएको छ ।

तिलोत्तमाको मौवाबारीमा सुकौरा खोलामा आएको बाढीले ३ वटा कच्ची घर बगाएको छ । तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको छ । तिलोत्तमा ८ को सत्कुलो नहरको पानीको बहाव बढेर घर भत्काएको प्रहरीले जनाएको छ ।

यता, बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा पनि सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, केहि बाख्राको खोर र केहि सवारी साधन बगाएको स्थानीयबासीले बताएका छन् ।

मध्यरातिबाट बिहानसम्म प्रहरीहरु उद्दारमा खटिएका कारण घटनाको सम्पूर्ण बिवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरकै रानीगञ्ज क्षेत्रमा तिनाउ नदीले कटान गरेर क्षती पु¥याएको खबर प्राप्त भएको छ ।

अविरल वर्षाकै कारण बुटवल पाल्पा खण्डको आधा दर्जन बढी स्थानमा पहिरो खसेको ट्राफिक प्रहरीले जनाएको छ । तिनाउ गाँउपालिकाको चरचरे, पावरहाउस, पानीमिल सहित गौडेको पुल नजिकै पहिरो खसेर सडक पूर्ण अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा भने एकतर्फी सडक सुचारु रहेको छ ।

बुटवल क्षेत्रमा गयरातिआएको वर्षा विगत केहि वर्ष देखिकै ठुलो वर्षा भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : ४९ बजे

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ

बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको