१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

भारतीय संसदको मुरलबारे पाकिस्तानको टिप्पणी – अखण्ड भारतको दाबी विस्तारवादी मानसिकताको उपज



काठमाडौं । पाकिस्तानले ‘अखण्ड भारत’को दाबी संशोधनवादी र विस्तारवादी मानसिकताको उपज भएको टिप्पणी गरेको छ ।

भारतको संसदमा राखिएको भित्ते चित्र (मुरल)मा राखिएको अखण्ड भारतभित्र पाकिस्तानलाई समावेश गरिएको भन्दै त्यहाँको विदेश मन्त्रालयले आपत्ति जनाउँदै त्यस्तो टिप्पणी गरेको हो ।

पाकिस्तान विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्राचिन भारतलाई चित्रण गरिएको बहानामा पाकिस्तान र अन्य क्षेत्रीय देशहरुलाई समेत समावेश गरेकोमा असन्तुष्टि जनाएको छ ।

विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुरललाई अखण्ड भारतको नामसँग जोडेर भारतका केन्द्रीय मन्त्रीहरु र भाजपाका नेताहरुले गरेको विश्लेषणबाट आफुहरु आश्चर्यचकित भएको जनाइएको छ ।

अखण्ड भारतको दाबीले भारतका छिमेकी राष्ट्रहरूको मात्र होइन आफ्नै धार्मिक अल्पसंख्यकहरूको पहिचान र संस्कृतिलाई पनि नियन्त्रण गर्न खोजेको पाकिस्तानले जनाएको छ । आफ्नो विभाजनकारी र संकुचित राजनीतिक एजेन्डालाई अगाडि बढाउन अन्य देशहरू विरुद्ध बयानबाजी नगर्न भन्दै पाकिस्तानले भारतलाई सुझाव पनि दिएको छ ।

‘विस्तारवादी महत्वाकांक्षालाई पोषित गर्नुको सट्टा भारतले आफ्ना छिमेकीहरूसँगको विवाद सुल्झाउनुपर्छ र शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया निर्माण गर्न उनीहरूसँग मिलेर काम गर्नुपर्छ”, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुरलमा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरलाई समावेश गरेको विषयमा नेपालभित्र विरोध भैरहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ४ : १२ बजे

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान