६ आश्विन २०८३, मंगलबार | September 23, 2026

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह



एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन्।

राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्तामार्फत जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

“विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ।

सोमबार राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले दक्षिण एसियाका दुई छिमेकी मुलुकबीचको तनाव ‘केही वर्षयताकै उच्च’ स्थितिमा पुगेको चेतावनी दिएका थिए ।

उनले दुवै सरकारलाई तनाव कम गर्न र कूटनीतिलाई बढावा दिनको लागी आफू मातहतका कार्यालयहरूको निर्देशन दिँदै ‘सैन्य समाधान कुनै समाधान नभएको’ बताए ।

गुटेर्रेसले अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको पुनः एकपटक कडा शब्दमा निन्दा गरेका छन् । उनले भनेका छन्, “सर्वसाधारणलाई निशाना बनाउनु अस्वीकार्य छ र घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई विश्वसनीय र कानुनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्छ।”

गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ३८ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै