६ आश्विन २०८३, मंगलबार | September 23, 2026

भारतमा मुुस्लिम विरोधी गतिविधि बढेको भन्दै पाकिस्तानद्वारा निन्दा



पाकिस्तानले भारतको कर्नाटक राज्यमा मुसलमान विरोधी गतिविधि बढ्दै गएको भन्दै निन्दा गरेको छ ।

कर्नाटक राज्यमा अजान विरोधी विचलित पार्ने कदमहरू बढेको भन्दै त्यसको निन्दा गरेको हो ।

मंगलबार पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै मस्जिदहरुमा प्राथनाको विरोधमा लाउडस्पिकरमा हनुमान चालिसा र अन्य हिन्दु भक्तिका गीत लाउडस्पिकरमा बजाउन थालिएको भन्दै त्यस्तो कार्यको भत्र्सना गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता आसिम इफ्तिकारले कर्नाटकामा श्रीराम सेना प्रमुखले हनुमान चालिसा र अन्य हिन्दू धार्मिक भजनहरूको उत्तेजक गीत बजाएर अजानलाई डुबाउनको लागि घृणित आह्वान गरेको एक दिन पछि मात्र ती विचलित घटनाहरू भएको दाबी गरेका छन् ।
तथाकथित अजानबाट मुक्ति अभियान सुरु गरेर हिन्दु कट्टरपन्थी समुहले भाजपा शासित राज्यमा धार्मिक कट्टरवादको नयाँ स्तरलाई उजागर गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, प्रवक्ताले साम्प्रदायिक सद्भाव सुनिश्चित गर्ने बहानामा भारतका विभिन्न राज्यहरूमा मस्जिदहरूबाट लाउडस्पीकरहरू हटाइने गरेकोमा खेद व्यक्त गरेका छन् ।

भारतमा मुसलमा समुदायलाई मौलिक अधिकारबाट वन्चित गर्ने उद्देश्यले ल्याइएको बहिस्कृत नीतिले केवल भारतीय राज्य एवं समाजमा मुस्लिम विरोधी पूर्वाग्रहको उजागर गरेको छ । उनले भनेका छन्, पाकिस्तान भारत सरकारसँग अल्पसंख्य, विशेष रूपले मुलसमान एवं उनीहरुको प्राथनास्थल विरुद्ध भैरहेको हिंसाका घटनाको पारदर्शी जांच गर्न र भविष्यमा यस्ता घटना रोक्ने उपाय अपनाउन भारत सरकारसँग आग्रह गर्दछ ।

यस्तै, प्रवक्ताले भारतमा इस्लामोफोबियाको बढ्दो अवस्थालाई नोट गर्न र त्यहाँ बसोबास गर्ने मुस्लिम समुदायको धार्मिक स्वतन्त्रता र सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो उचित भूमिका खेल्न आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ५१ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै