४ पुस २०८२, शुक्रबार | December 20, 2025

घनघोर वर्षापछि बाढीले बढारेको अस्तव्यस्त बुटवल (फोटोफिचर)



बुटवल । तिनाउ नदी बुटवल र रुपन्देहीको लाइफलाइन हो । तिनाउ बेसिनले सिंगो रुपन्देहीलाई नै जीवन्त राख्न मद्दत पुर्याएको छ । तर, तिनाउ नदी कहिलेकाहीँ बुटवल र आसपासको क्षेत्रका लागि ठूलो दुःख पनि हो ।

नभै नहुने, तर भयो वैगुनी । तिनाउ नदीले यस्तै व्यवहार दर्शाएको छ, हिजोआज बुटवल र आसपासको क्षेत्रमा । अविरल वर्षापछि तिनाउ उलिँदा बुटवल अस्तव्यस्त बन्न पुगेको छ । गएराति ५ घण्टा बढी आएको वर्षाले बुटवलको सामान्य जनजीवनलाई आतंकित नै बनाएको छ ।

माथिल्लो जलाधार क्षेत्रमा घनघोर वर्षा हुँदा तल्लो तिनाउ आसपासको तटीय क्षेत्र प्रभावित भएको छ ।
यसबाहेक रातभरको वर्षाले रुपन्देहीका विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ४ लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको बगाएको छ ।

केहि दिनदेखी लगातार परेको बर्षाका कारण तिनाउ नदीमा आएको बाढीले नदि कटान गर्दा ३ दिनमा बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा ४ ओटा घर बगाएको छ ।

बाढीले स्थानीय पुरुषोतम पुरी, प्रेम कुमारी खाम्चा, उमेश हरीजन र मंगली नेपालीको घर बगाएको हो ।

फोटोफिचर

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १२ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको