२ चैत्र २०८२, सोमबार | March 16, 2026

‘सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा’ पोष्टरसहितका प्रदर्शनकारी माइतीघरबाट पक्राउ



काठमाडौं । अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा उत्रिएकाहरुलाई प्रहरीले काठमाडौंको माइतीघरमण्डलाबाट पक्राउ गरेको छ ।

डा. केसीको जीवन रक्षा माग गर्दै प्रदर्शन गरिरहेका उनका समर्थहरुलाई प्रहरीले पक्राउ गरेको हो । केसीका मागको सम्बोधन गर्न दबाब दिँदै समर्थकहरु केहिदिनयता माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आक्षेप लगाउँदै पोष्टर प्रदर्शन गरेका थिए भने उनीविरुद्ध नारावाजी पनि गरेका थिए । उनीहरुले ‘सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा’ लेखिएको पोष्टर प्रदर्शन गरेका थिए ।

प्रहरीले १७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

डा. केसीले केही दिन अघि जुम्लाबाट १९औं आमरण अनसन सुरु गरेका थिए । तर, अनसनको नवौं दिनमा उनी हेलिकोप्टरमार्फत नेपालगन्ज हुँदै काठमाडौं आएका थिए ।

काठमाडौं आएलगत्तै प्रहरीले ट्रमा सेन्टरमा लगेको थियो । तर, उनी सोही साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर अनसनलाई निरन्तरता दिएका थिए ।

 

 

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ०२ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र