१ पुस २०८२, मंगलबार | December 16, 2025

१२ सय ७ जना संक्रमित थपिए, ११ सय ४७ जना घर फर्किए



काठमाडौं । शनिबार १२ सय ७ जना जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार १९ पीसीआर परीक्षणमा १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

शनिबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।

संस्थागत आइसोलेसनमा ७ हजार ८३३ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ५०८ जना रहेका छन् ।

संस्थागतमा भन्दा होम आइसोलेसनमा संक्रमितहरु बढी बस्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ११ सय ४७ जना घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ । यो कुल संक्रमितको ७३ दशमलव ८ प्रतिशत हो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : २१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज