१ पुस २०८२, मंगलबार | December 16, 2025

बबई बहुमुखी क्याम्पस बर्दियाका क्याम्पस प्रमुखको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बर्दियाबाट थप उपचारका लागि भेरी अस्पताल पुग्दै गर्दा बबई बहुमुखी क्याम्पस बर्दियाका क्याम्पस प्रमुखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बर्दियाको गुलरियामा होम आइसोलेसनमा बसेका ५० वर्षिय उनको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत असोज ५ गते स्वास्थ्यमा समस्या आएपछि स्वाव संकलन गरि भेरी अस्पताल पठाईएकोमा आसोज ७ बजे बर्दिया गुलरिया(७ का उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएदेखि नै उनी होम आइसोलेसनमा बसेका थिए । शनिबार समस्या बढी देखिएपछि थप ृपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुग्दै गर्दा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

बिगत २ वर्ष देखि फोक्सोको बिरामी रहेका उनको भारतको दिल्लीबाट उपचार जारी रहेको पारिवारिक श्रोतले बताएको छ । मृतक बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियालाई उद्दृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले प्रेस नोटमा जानकारी गराइएको छ ।

बाँकेमा यस अघि जिल्ला बाहिरबाट उपचारका लागि आएका ५ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा बर्दियाका मात्र ३ जना छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज