२६ बैशाख २०८१, बुधबार | May 8, 2024

चाडबाड आयो, आएनन उपभोक्ता; व्यापारिक केन्द्रमै ‘उपभोक्ताको प्रतिक्षा’



काठमाडौं । विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । मानिसको बाक्लो उपस्थितिले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो । यसपालि त्यसको ठिक विपरीत छ ।

उपत्यकाको व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, इन्द्रचोक, महाबौद्धका व्यावसायी उपभोक्ताको प्रतीक्षा गरिरहेका छन् । बिहान पसल खोलेपछि हाई काडेर बस्न बाध्य छन् ।

“झुक्किएर फाट्टफुट्ट आइहाले भने हो, नत्र व्यापार सुनसान नै हो”, काठमाडौँ असनमा साडी पसल सञ्चालन गर्दै आएका प्रमोद रौनियार भन्छन्, “व्यापारको मन्दीले चाडबाड नै खल्लो होला जस्तो छ ।”

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा अझै बढ्दो छ । विश्वव्यापी देखिएको त्यसैको प्रभाव नेपालमा पनि कायमै छ । गत चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिए पनि सङ्क्रमण काम हुने सकेको पाइँदैन । कोरोनाको त्रास कायमै रहेकाले मानिस बाहिर निस्किन डराइरहेका छन् ।

आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएपछि अघिल्लो महिनाबाट सरकारले व्यापार व्यवसाय सञ्चालनको अनुमति दिएपछि झण्डै दुई हप्तादेखि यहाँका व्यवसाय खुलेका छन् । उपत्यकाको व्यापारिक केन्द्र खुला छ तर व्यापार मन्द छ ।

गत साल असन नजिकैको मछिन्द्र बहालमा मानिसको चापले पैताला राख्ने ठाउँ हुँदैनथ्यो । दोकाममा मानिसको भिडले व्यवसायीलाई पानी खाने फुर्सद थिएन । यसपालि यहाँका गल्लीमा काम विशेषले हिँडेका केही मानिस देखिन्छन् तर व्यापारकै लागि आउनेको उपस्थिति न्यून छ ।

ग्राहक नआएपछि मोबाइल खेलाउँदै बसेका जुत्ता व्यवसायी विवेक तिमिल्सिनाको अनुभव पनि प्रमोदको भन्दा फरक छैन । यसपालि गत वर्षको तुलनामा ९० प्रतिशत व्यापारमा कमी रहेको तिमिल्सिना बताउँछन् । “मान्छेको सामान्य हिँडडुल छ तर किनमेलका लागि भनेर आउँदैनन”, उनले अनुभव सुनाए ।

दशैंँ आउन अब एक महिना बाँकी छ । यो समयमा दशैँको जोहो गर्न विभिन्न जिल्लाबाट मानिस काठमाडौं आउँथे । अनि सामान लिएर जान्थे । कोरोना कहरले यसपाली त्यो अवसर असन, इन्द्रचोक, न्यूरोडले प्राप्त गर्न सकेन ।

असनमा झण्डै ३५ वर्षदेखि भाडा पसल सञ्चालन गर्दै आएका हङ्स तामा÷पित्तल भाडा पसलका सञ्चालक राजन बानियाँ इतिहासमा पहिलोपटक मन्दी महसुस गरेको अनुभव सुनाउँछन् । “भुइँचालो जाँदा बरु यो भन्दा धेरै व्यापार भएको थियो”, बानियाँ दुखेसो गर्छन्, “विगत वर्षभन्दा यसपालि शून्य व्यापार भन्दा हुन्छ, ९० प्रतिशत घटेको छ ।” व्यापार राम्ररी सञ्चालन हुने कोरोना निर्मूल हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् । व्यापारसँग जोडिएका असङ्गठित क्षेत्रमा मजदुरहरु डबली र पाटीमा सुस्ताइरहेका छन् ।

कोरोना अझै कम हुने छाँटकाँट नभएकाले व्यापारको अनिश्चित भूमरीमा दोकान खोलेर बस्न बाध्य छन् व्यवसायी । उनीहरुमा छिट्टै व्यापार हुने अभिलासा हराएको छैन । दशैँको आसपास व्यापार बढ्छ कि भन्ने झिनो आशा सङ्गालेर बसेका छन् ।

त्यसो त उपत्यकाको मात्रै होइन विभिन्न जिल्लाका व्यापारिक केन्द्र पनि सुनसान नै छ । अझै पनि कतिपय भीडभाड हुने मुख्य केन्द्रहरु सञ्चालन हुन सकिरहेको छैन । असोज १ पछि सार्वजनिक यातायात सञ्चालनमा छ । त्यही पनि भौतिक दूरी कायम राखेर एक सिटमा एक जना बस्ने गरी चलाइएको छ । अन्य केही व्यवसायलाई चलायमान पारिएको छ ।

कोरोना कहरले ठूलो आर्थिक क्षति बेहोरेर लामो समयदेखि पीडा महशुस गरिरहेका कतिपय व्यापारी भाडामा बसेका छन् । कमाइ नहुँदा भाडा तिर्न सक्ने अवस्थामा छैनन् भने परिवार पाल्ने समस्यामा छन् । चैतदेखि कोभिड–१९ को नकारात्मक प्रभावले व्यापार नहुँदा दैनिकी सञ्चालनमा समस्या परिरहेको उनीहरु सुनाउँछन् ।

सुस्ताउँदै दोकान कुरिरहेका एक जना किराना व्यवसायी नारेकृष्ण श्रेष्ठ ग्राहक आउँछन् कि भनेर प्रतीक्षामा दैनिकी बितिरहेको बताउँछन् । शनिबारको दिन किनमेल गर्ने मानिसको अत्याधिक भिड हुनुपर्ने हो । यहाँका गल्लीमा फाट्टफुट्ट मानिसको आवागमन देखिन्छ । आएका पनि सिमित मात्रै दोकान प्रवेश गर्छन् । कोभिड–१९ को डर कायमै रहेकाले मानिसहरु आउन सकिरहेका छैनन् ।

असनका मसला व्यापारी पुष्प श्रेष्ठ जसरी दशैँँको समयमा खरिद बिक्रीको लागि मानिस आउनुपर्ने हो, नआएको बताउँछन्। “यतिखेर मान्छेको भिडले हिँड्नै सक्नु हुन्थेन, उ हेर्नुस्न् न (चोक देखाउँदै) सुनसान देखिरहनु भएको छ”, उनले भने ।
उनका अनुसार कार्तिक लागेपछि केही किनमेल बढ्ने आशा छ ।

असोज महिना भने यसैगरी जाने अनुमान व्यवसायीको छ । अब चाडबाडको मौसम शुरु भइसकेको छ । यसपालि कोरोना सङ्क्रमणमा कमी आउने छाँट देखिएको छैन । दशैँ तिहार पनि यसैगरी बित्ने देखिएको छ । -रासस

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ५ : ४२ बजे

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय