११ असार २०८३, बिहिबार | June 26, 2026

चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ । आर्थिक वर्ष २०८१र८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो ।

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले दिएको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब रु एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको छ । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए ।

विभागका तथ्याङ्कअनुसार रु २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, रु १८ करोड ६० लाखको दुई लाख ३२ हजार छ सय ९३ केजी बदाम र अलमण्ड आयत भएको छ । रु २० करोड ९८ लाखको छ लाख सात हजार दुई सय २५ केजी ओखर आयात भएको छ ।

यस्तै, पिस्ता १२ हजार सात सय ७७ केजी रु रु एक करोड ४५ लाखमा, रु २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी,रु एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात भएको छ । ४१ हजार पाँच सय ५० केजी अंजिर रु दुई करोड ६५ लाख, तीन लाख २४ हजार छ सय ७५ केजी किसमिस रु १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै, रु चार करोड ७४ लाख मूल्यमा दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन् ।

विभागका अनुसार यसवर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ । तुलनात्मकरुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ । यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउछ । अघिल्लो वर्ष तीन महिनामा सात लाख ७८ हजार पाँच सय ८२ थान बत्ती रु नौ करोड ८४ लाख मूल्यमा आयात भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ३७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा