२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

संक्रमणबाट बच्न सतर्क र सजग अप्नाउनुपर्ने विज्ञहरुको सुझाव



बुटवल । कोरोना भाईरस संक्रमणबाट बच्न सतर्क र सजग अप्नाउनुपर्ने विज्ञहरुको सुझाव दिएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४३ औ नियमित बैठक तथा कोरोना भाईरस सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ अन्तरगत स्वस्थ्य निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण शाखाका ल्याब अधिकृत गोपाल गौतमले मानिसको नाक, मुख र आखाबाट भाईरस प्रवेश गर्ने भन्दै यसमा सचेतना अप्नाउन सुझाव दिए ।

यो भाईरस बिस्तारै सक्रिय हुदै जाने र लक्षण देखिने उनले बताए । प्रदेश ५ मा कोरोना संक्रमणबाट निको हुने दर ७६ प्रतिशत हुनु सकारात्मक भएको उनको दाबी छ । अहिलेसम्म प्रदेशमा १ लाख २० हजार २ सय ९० जनाको स्वाव लिएकोमध्ये ९ हजार ९ सय ४७ जनाको पोजिटिभ रिपोर्ट आएको उनले बताए ।

यसैगरि प्रदेशमा २ हजार २ सय १३ वटा सेम्पल प्रोसेसिङमा छ । प्रदेशमा सरकारी तथा निजि गरि ९ वटा ल्याबबाट पिसिआर परिक्षण भैरहेको उनले बताए । नेपालमा ७० हजार ६ सय १४ जना कोरोना भाईरस संक्रमित छन भने ५१ हजार ८ सय ६७ जना निको भएर घर फर्किएका छन ।
यसैगरि अहिलेसम्म ४ सय ५९ जना मृत्यु भएको छ ।

विश्वमा ३ करोड २४ लाख ब्यक्ति कोरोना संक्रमित र ९ लाख ८७ हजारको मृत्यु भएको उनले बताए । अमेरिकामा मात्र ७१ लाख संक्रमित र २ लाख मृत्यु भएको उनले बताए ।

कार्यक्रममा कान्तिपुर पब्लिकेसन प्रदेश ५ का प्रमुख दिपेन्द्र बडुवालले कोभिड-१९ को संक्रमणमा पत्रकारिता निक्कै चुनौतिपुर्ण भएको बताए । प्रकृतिलाई मानिसले दोहन गर्दा अहिले मानिस समस्यामा आईपरेको तथ्य बाहिरिएको उनले बताए ।

यो महामारीमा पत्रकारिता क्षेत्रमा ठूलो असर परेको दुखेसो गर्दै उनले सुचना, शिक्षा र मनोरन्जन दिने काम मिडियाले गर्ने भएकाले पनि हरेक क्षेत्रलाई मिडिया चाहिने बताए ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले नेपालीका लागि समयवद्घता सबैभन्दा महत्वपुर्ण विषय भएको बताए । यसैगरि कोभिड विरुद्ध धेरै सचेतनाका कार्यक्रमहरु संचालन गरेर क्लब अघि बढेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का सदस्य बिक्रम खड्का, क्लबका सदस्य सन्जय श्रेष्ठ, सपना तामाङले सामाजिक उत्तरदायित्व अन्तरगत क्लब विभिन्न कामहरु गर्दै आएको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : १९ बजे

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा