२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रोकिएन शंकर ग्रुपको बदमासी, खुल्दै राजस्व छलीको अपराध



काठमाडौं । उच्च घरानियाँको आवरणमा सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आइरहेको शंकर ग्रुपमाथि सरकारका तीनवटा निकायले एकैपटक छानबिन थालेको छ ।

शंकर ग्रुपका कम्पनीले राजस्व छली गरेको, गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको र कालोबजारी गरेको भन्दै सरकारका तीन नियामक निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र गुणस्तर तथा नापतौल विभागले छानबिन र कारबाहीलाई एकैपटक अघि बढाएको हो ।

शंकर ग्रुपका विभिन्न कम्पनीले राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले ती कम्पनीमाथि छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपका केही कम्पनीमाथि छानबिन थाल्दा राजस्व छलेको पाइएपछि राजस्व अनुसन्धान विभागमार्फत छानबिनलाई अघि बढाइएको जनाएको छ ।

शंकर ग्रु्पद्वारा उत्पादित जगदम्बा ब्रान्डका डन्डी गुणस्तरहीन भएको पाइएपछि गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिलद्वारा उत्पादित १६ एमएमको टीएमटी वान फलामे डन्डी बिक्री वितरणमा पूर्णतः रोक लगाएको छ । शंकर ग्रुपले बजारमा पठाएको करोडौँ मूल्यबराबरको सो डन्डी फिर्ता गरी नष्ट गर्नसमेत विभागले निर्देशन दिइसकेको छ ।

यसैगरी विभिन्न उत्पादमा कालोबजारी गरी सर्वसाधारणलाई ठगी गर्दै अकुत सम्पति कमाएको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि ग्रुप सम्बद्ध विभिन्न कम्पनीको कागजबारेमा गम्भीर छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार ग्रुप सम्बद्ध कम्पनीले एकपछि अर्को फ्रड धन्दा सञ्चालन गरेको पाइएको छ ।

कोरोना महामारीको समयमा बजारमा थर्मल गनको कालोबजारी गर्दा गर्दै पक्राउ परेका कम्पनीका सञ्चालक सुलभ अग्रवाललाई सम्पति शुद्धीकरण अनुसन्धान विभागले समेत केही समय नियन्त्रणमा लिएर छोडेको थियो । अदालतको धरौटीमा रिहा भएका उनीमाथिको मुद्दा विचाराधीन अवस्थामा नै छ ।

सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले आफूहरूले शंकर ग्रुपुका कम्पनीको कालोबजारीबाट आर्जन गरेको सम्पतिबारे छानबिन गरिरहँदा अर्को ठगी काण्ड पुष्टि हुनुले आफूहरूलाई अझै गम्भीर बनाएको बताए । ‘धेरै फ्रड पुष्टि हुँदै जान थालेका छन्, त्यसैले अनुसन्धानलाई अझै व्यापक बनाएका छौं,’ भट्टराईले राजधानीसँग भने ।

शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीको सम्पति र सम्पतिको स्रोतबारे सम्पति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए ।

सम्पति छानबिन गर्ने क्रममा शंकर ग्रुपले राजस्वसमेत छली गरेको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले राजस्व छलीमा कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचारसमेत गरेको छ ।

विभागले शंकर ग्रुपका सबै कम्पनीको जायजेथा सम्पति विवरणसमेत संकलन गरिरहेको छ । प्राप्त कागजातका आधारमा शंकर ग्रुपका एकपछि अर्को फ्रड धन्दा उजागर हुँदै जान थालेको विभाग स्रोतले जानकारी दिएको छ ।

विभागका अनुसार सबै सम्पति तथा जायजेथाको विवरण संकलन गरेपछि ग्रुपका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सञ्चालकलाई बयानका लागि बोलाइने विभागले जनाएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : ४६ बजे

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा