१९ आश्विन २०८३, सोमबार | October 5, 2026

झापाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु



झापा । झापाका एक कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ ।

झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण विराटनगरमा मृत्यु भएको हो ।

कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएसँगै विरामीलाई झापास्थित मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उपचारका क्रममा समस्या गम्भीर हुँदै गएपछि विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा शनिबार रिफर गरिएको थियो । यसक्रममा बिरामीमा शरीर कमजोर हुने, ज्वरो आउने लगायतका समस्या देखिएको बस्नेतले जानकारी दिए ।

तर उपचारका लागि केन्द्रमा लिएर आएको एम्बुलेन्सबाट बिरामीलाई झार्दाझार्दै मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै व्यवस्थापक बस्नेतले जानकारी दिए ।

यससँगै हालसम्म कोरोनाबाट प्रदेश १ मा ६३ जनाको मृत्यु भएको छ । जसमा १८ महिला र ४५ पुरुष रहेका छन् । प्रदेश १ भित्रबाट मृतकको संख्या ५० पुगेको छ । जसमा १६ महिला र ३४ पुरुष रहेका छन् । बाँकी प्रदेश १ बाहिरका रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ४० बजे

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को

युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ : टंकप्रसाद पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद

नर्वेलाई हराउँदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा पोर्चुगल २-१ ले

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नारायणगढ । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर