६ पुस २०८२, आइतबार | December 21, 2025

झापाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु



झापा । झापाका एक कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ ।

झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण विराटनगरमा मृत्यु भएको हो ।

कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएसँगै विरामीलाई झापास्थित मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उपचारका क्रममा समस्या गम्भीर हुँदै गएपछि विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा शनिबार रिफर गरिएको थियो । यसक्रममा बिरामीमा शरीर कमजोर हुने, ज्वरो आउने लगायतका समस्या देखिएको बस्नेतले जानकारी दिए ।

तर उपचारका लागि केन्द्रमा लिएर आएको एम्बुलेन्सबाट बिरामीलाई झार्दाझार्दै मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै व्यवस्थापक बस्नेतले जानकारी दिए ।

यससँगै हालसम्म कोरोनाबाट प्रदेश १ मा ६३ जनाको मृत्यु भएको छ । जसमा १८ महिला र ४५ पुरुष रहेका छन् । प्रदेश १ भित्रबाट मृतकको संख्या ५० पुगेको छ । जसमा १६ महिला र ३४ पुरुष रहेका छन् । बाँकी प्रदेश १ बाहिरका रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १० : ४० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ