२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ग्लोबल आइएमई बैंकल ल्यायो ‘मेरी उनीलाई’



काठमाडौं । महिलाहरुका लागि ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।

‘मेरी उनीलाई’ मुद्दति योजनाले महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले बिश्वास लिएको छ ।

एकलाख रुपैयाँभन्दा बढी रकमम ाखोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज दिईने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकका अनुसार यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । ‘मेरी उनीलाई’ मुद्दति योजनामा आवश्यकता अनुसार पटकपटक रकमथप गर्न पनि सकिने व्यवस्था भएको बैंकले आईतबार प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दशलाखभन्दा बढी रकमको मुद्दति खाताखोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने बताएको छ ।

यस योजनाअन्तर्गत मुद्दति खाताखोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउने छन् भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा समेत बैंकले उपलब्ध गराउने छ ।

ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदानगर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ५४ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ