१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बुटवल फर्निचर उद्योग संघले प्रदेश सरकार र स्थानिय सरकारलाई ४ बुदे ज्ञापनपत्र बुझाए



बुटवल । बुटवल फर्निचर उद्योग संघका पदाधिकारीहरुले आईतबार प्रदेश सरकार र स्थानिय सरकारलाई ४ बुदे ध्यानाकषण पत्र बुझाएका छन ।

संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीको नेतृत्वमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुली, द्धितिय उपाध्यक्ष जिवकान्त काफले, सचिव बल बहादुर गोदारले प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी र बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई छुट्टाछुट्टै भेटेर ध्यानाकषर्ण पत्र बुझाएका हुन ।

सो अवसरमा संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले पछिल्लो समयमा देखापरेको समस्या समाधानको लागि पहल गर्न आग्रह गरे । वन जंगलमा फर्निचरजन्य काठहरु सडेर खेर गईरहेको बेला वर्षेनी अरबौका काठ विदेशबाट भित्रिरहेका जानकारी गराउदै यसतर्फ सरकारले पहल थाल्नुपर्ने सुझाव दिए ।

स्वदेशी कच्चा पदार्थको समुचित प्रयोगका लागि पटकपटक आवाज उठाउदै आएको भएपनि आवश्यक पहल नभएको उनको गुनासो छ । प्रदेश सरकारले सरकारी कार्यालयहरुमा स्वदेशी फर्निचर प्रयोग गर्ने नीति अवलम्बन गरे अनुरुप कार्यान्वनमा जोड दिन संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डेको सुझाव छ । सरकारले ल्याउने राम्रा नीति कार्यान्वनमा समस्या हुने गरेको उनले दुखेसो गरे ।

कोभिड-१९ को विषय परिस्थितीमा मजदुर अभाव र आम फर्निचर उद्योगहरुले ब्यहोर्नु परिरहेको समस्या सम्बन्धमा समेत उनले जानकारी गराए । संघले जारी गरेको ध्यानाकषर्ण पत्रमा नेपाल सरकारले सालको काठ कटानी र ढुवानी बन्द गर्दा फर्निचर उद्योगहरु कच्चा पदार्थहरुको अभावले बन्द हुदै गएको तर वन जंगलमा काठहरु सडेगलेर खेर गईरहेको उल्लेख छ ।

सरकारका विभिन्न निकाय तथा सामुदायिक वनहरुले यस अघि आब्हान गरेको टेण्डर बमोजिम उद्योगीले जम्मा गरेका करोडौ धरौटी रकम सरकारी खातामा जम्मा भएपनि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने समेत उल्लेख गरिएको छ । तत्काल सालको काठ कटानी र बिक्री वितरण, ढुवानी सुचारु हुने वातावरण तयार गर्नुपर्ने समेत सरकारसंग माग गरिएको छ ।

स्वदेशमै हजारौ युवाहरु बेरोजगार बन्दै गएको तथा भारतीय मुलका कामदारहरुले खुलेआम रुपमा घर घरमा पुगेर फर्निचरको काम गरिरहेका हुदा यसलाई रोक्न स्वदेशका युवाहरुलाई तत्काल सिपयुक्त तालिम प्रदान गरि उत्पादन क्षेत्रमा ब्यवस्थापन गर्ने तथा गैर कानुनी ढंगबाट काम गरिरहेकालाई यथाशिघ्र कानुनको दायरामा ल्याएर कारवाही गर्न अघि बढाउन माग गरिएको छ ।

यसैगरि बिना दर्ता काम गर्ने प्रवृति निरुत्साहित गर्न र उद्योगहरुलाई उचित संरक्षण अघि बढाउने साथै कोभिड-१९ को प्रभावले यस क्षेत्रका फर्निचर उद्योगहरुमा काम गर्ने विदेशी कामदारहरु उतै पलायन भएको हुदा स्वदेशमा सीपयुक्त जनशक्ती तयार गर्ने समावधीसम्म विदेशी कामदारहरुलाई सहज रुपमा ल्याउने वातावरण तयार गर्न माग गरिएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ४१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग