१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बलात्कार प्रयासका फरार तीन अभियुक्त चार वर्षपछि पक्राउ



सप्तरी । सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् ।

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र ५०० जरिवानाको फैसला गरेका थिए । फैसलापछि अभियुक्तहरु फरार थिए ।

आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएका थिए ।

प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : १२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना