२१ मंसिर २०८२, आइतबार | December 7, 2025

काँग्रेसमा किचलो झन झाँङ्गिदै, सभापति देउवालाई पौडेल समुहद्वारा एक हप्ते अल्टिमेटम



काठमाडौं । महाधिवेशनको मिति निजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्रको आन्तरिक किचलो पनि झन बढ्दै गएकोछ ।

सभापति देउवाको विरुद्धमा रामचन्द्र पौडेल समुहले विरोधपत्र दर्ता गराएको छ । पार्टीलाई विधानसम्मत रुपमा संचालन गरी आगामी महाधिवेशनलाई स्वच्छ र निस्पक्ष वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन माग गर्दै पौडेल समुहले पार्टी केन्द्रीय समितिमा विरोधपत्र दर्ता गराएका हुन् ।

असोज १९ गते राखिएको केन्द्रीय कार्यसमिति समिति बैठकमा आफ्नो माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने विरोधपत्रमा उल्लेख गरिएको छ ।

विरोधपत्र दर्ता गराउन नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, नविन्द्रराज जोशी र जीवन परियार केन्द्रीय कार्यालयमा पुगेका थिए ।

सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा पौडेल समुहका वरिष्ठ नेताहरुले हस्ताक्षर गरेका छन् ।

विरोधपत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ ।

पौडेल समूहले सभापति देउवाले पार्टी विधान विपरित केही समय अघि गठन गरेका सबै विभाग गठन खारेज गर्नुपर्ने, केन्द्रले आफुखुशी क्रियाशील सदस्यता बाँडन नहुने, समायोजन छिटो सक्नुपर्ने लगायतका मुद्दा उठाउँदै आएको छ ।

विरोधपत्रमा यिनै विषय समेट्दै महाधिवेशनको सुनिश्चितता हुनुपर्ने जिकिर गरिएको छ । सभापति देउवाको विरोधमा रहेको कृष्णप्रसाद सिटौला समुहका नेताहरुको भने विरोधपत्रमा हस्ताक्षर छैन ।

 

 

 

 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : ०२ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग