२ चैत्र २०८२, सोमबार | March 16, 2026

काँग्रेसमा किचलो झन झाँङ्गिदै, सभापति देउवालाई पौडेल समुहद्वारा एक हप्ते अल्टिमेटम



काठमाडौं । महाधिवेशनको मिति निजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्रको आन्तरिक किचलो पनि झन बढ्दै गएकोछ ।

सभापति देउवाको विरुद्धमा रामचन्द्र पौडेल समुहले विरोधपत्र दर्ता गराएको छ । पार्टीलाई विधानसम्मत रुपमा संचालन गरी आगामी महाधिवेशनलाई स्वच्छ र निस्पक्ष वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन माग गर्दै पौडेल समुहले पार्टी केन्द्रीय समितिमा विरोधपत्र दर्ता गराएका हुन् ।

असोज १९ गते राखिएको केन्द्रीय कार्यसमिति समिति बैठकमा आफ्नो माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने विरोधपत्रमा उल्लेख गरिएको छ ।

विरोधपत्र दर्ता गराउन नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, नविन्द्रराज जोशी र जीवन परियार केन्द्रीय कार्यालयमा पुगेका थिए ।

सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा पौडेल समुहका वरिष्ठ नेताहरुले हस्ताक्षर गरेका छन् ।

विरोधपत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ ।

पौडेल समूहले सभापति देउवाले पार्टी विधान विपरित केही समय अघि गठन गरेका सबै विभाग गठन खारेज गर्नुपर्ने, केन्द्रले आफुखुशी क्रियाशील सदस्यता बाँडन नहुने, समायोजन छिटो सक्नुपर्ने लगायतका मुद्दा उठाउँदै आएको छ ।

विरोधपत्रमा यिनै विषय समेट्दै महाधिवेशनको सुनिश्चितता हुनुपर्ने जिकिर गरिएको छ । सभापति देउवाको विरोधमा रहेको कृष्णप्रसाद सिटौला समुहका नेताहरुको भने विरोधपत्रमा हस्ताक्षर छैन ।

 

 

 

 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : ०२ बजे

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को