१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विश्व रेबिज दिवसमा सडक कुकुरलाई भ्याक्सिन



बुटवल । विश्व रेबिज दिवसको अवसरमा सोमबार बुटवलका सडक कुकुरहरुलाई भ्याक्सिन लगाईएको छ ।

बुटवलका ४ जना युवाहरुको अगुवाईमा दिवसमा भ्याक्सिनेसन कार्यक्रम गरिएको हो ।

मानिसहरुलाई छाडा कुकुरहरुबाट रेबिजको सम्भावना हुने भएकाले अभियानका रुपमा अघि बढाईएको युवाहरु बताउछन । अल केयर नेपालमा आवद्ध युवाहरु आकास धिमाल, अस्बिन केसि, रमेश रिजाल र दिपक रिजालले लक डाउनसंगै बुटवलमा छाडा कुकुरहरुलाइ खाना खुवाउने र संरक्षणको काम अघि बढाएका हुन ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भ्याक्सिन सहयोग तथा पग्लिहवा कृषि क्याम्पसका भेटनरी सर्जन डा. गंगा यादव, डा सुदिक्षा पण्डित, भेटनरियन विद्यार्थीहरु केशव लम्साल र सन्दिप पौडेलले प्राविधिक सहयोग गरेका छन । रिफ्रेस क्याफे र लाईन एण्ड लेमन लन्च बारले समेत सहयोग गरेको छ ।

कार्यक्रम एक हप्तासम्म संचालन हुने अल केयर नेपालका दिपक रिजालले बताए । बुटवलका मुख्य चोकहरु ट्राफिक चोक, सुख्खानगर, योगिकुटी, डिगरनगर, देविनगर लगायतका क्षेत्रमा सिभिर राखिने उनले बताए । सन २०३० सम्म जिरो रेबिज लक्ष्य अनुसार नेपाल सरकारका योजनाहरु नलागेको उनले दुखेसो गरे ।

रेबिज लागेको कुकुरको टोकाईबाट धेरै मानिसको मृत्यु हुने गरेको भएपनि यसतर्फ स्थानिय सरकारको समेत चासो जान सकेको छैन । गएको आर्थिक वर्ष रुपन्देहीमा ७ हजार ८ सय जनालाई कुकुरले टोकेको थियो भने पछिल्लो दुई महिनामात्र १ हजार २ सय जनालाई कुकुरले टोकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ४९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू