२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

स्थानीय युवाद्धारा वडाध्यक्षमाथि कुटपिट, प्रहरीले मुद्दा दर्ता गर्न मानेन



वीरगञ्ज । वडाध्यक्षलाई हातपात तथा कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन् ।

बारा जिल्लाको सुवर्ण गाउँपालिका-५ का वडाध्यक्ष राम एकवाल साहलाई स्थानीय केही युवाले हातपात र कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको वडाध्यक्षको आरोप छ ।

भदौ १ गते अर्थात विश्वकर्मा पूजाको दिन सो गाउँपालिकाको वडा ५ ओरैया की एक १२ वर्षीया मुस्लिम बालिकालाई राति आठ बजेतिर स्थानीयवासी २५ वर्षीय शिवपुजन यादवले बलात्कार गरेको विषयमा पीडित बालिकाका बुबा मन्सेर मियाँले वडाध्यक्ष साहलाई सिफारिस लेखी दिन आग्रह गर्दा बलात्कार जस्तो जघन्य अपराधको सिफारिस गर्न मिल्दैन भनी जवाफ फर्काएपछि स्थानीय केही युवाहरुले उनलाई बैठकमै हातपात र कुटपिट गरेका थिए ।

सो विषयलाई लिएर वडाध्यक्ष साहले स्थानीय तीन जना युवाविरुद्ध किटांनी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय बारामा जाँदा मुद्दा दर्ता गर्न नमानेको पीडित वडाध्यक्षले साहले बताए । वडाध्यक्ष साहलाई कुटपिट भएको हो वा होइन, शरीरमा घाउ र कुनै चोटपटक नदेखिएकोले मुद्दा दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

यता बलात्कारका अभियोग लागेका शिवपुजन यादव फरार रहेकाले उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारको घटनालाई लिएर वडाध्यक्ष साहमाथि हातपात तथा कुटपिट गर्नु अपराध भएकाले यस सम्बन्धि मुद्दा दर्ता नगरेर प्रहरीले अपराधीलाई संरक्षण गरेको आरोप स्थानीय जनप्रतिनिधि किशोरीप्रसाद यादवको छ ।

बालिकाको बलात्कार भएपनि नजिकै रहेको इलाका प्रहरी कार्यालय कवही गोठलाई जानकारी नदिनु, वडाध्यक्षले सो घटनालाई रकमको प्रलोभनमा मिलाउन खोजेको भनी हातपात गर्नु र तीन दिनपछि मात्र बलात्कारको मुद्दा बारा प्रहरी कार्यालयमा दर्ता गर्नु आफैमा रहस्यपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । रासस

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : २१ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको